धादिङ दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुग्यो, सबैको सनाखत (अपडेट)

नवयुग संवाददाता
७ माघ २०७६, मंगलवार २१:०५

धादिङ । धादिङको निलकण्ठ नगरपालिकामा बुधबार भएको ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार ज्यान गुमाउनेमा धादिङको निलकण्ठ गाउँपालिका–२ भुलभुलेका सेते गुरुङ, प्रेमबहादुर गुरुङ, ध्वजबहादुर गुरुङ, बलबहादुर गुरुङ, विदुर गुरुङ, तिलकबहादुर गुरुङ र पूर्ण नारायण श्रेष्ठ रहेका छन्। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मैपि भञ्ज्याङमा मंगलबार ग १ ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा रहेको ढोलामण्डलीको दर्शन गरेर फर्केका यात्रुहरु बोकेको ट्रक दुर्घटनामा परेको धादिङका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*