बागमती प्रदेशको मन्त्री बन्दै रामेश्वर फुयाँल

नवयुग संवाददाता
९ माघ २०७६, बिहीबार १३:०१

मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामेश्वर फुयाँल बागमती प्रदेशको भौतिक योजना तथा विकासमन्त्री बन्ने भएका छन् ।

गत कात्तिक १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई बर्खास्त गरेपछि प्रदेशको भौतिक योजना तथा विकास मन्त्रालय मन्त्रीविहीन थियो ।

१५ महिनादेखि रिक्त मन्त्रालयमा प्रदेशका मुख्य सचेतक रहेका फुयाँललाई प्रस्ताव गरिएको नेकपा स्रोतले जानकारी दियो । यद्यपि फुयाँलले यसबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिए । “पार्टीमा कुराकानी चलेको होला । तर मलाई कसैले केही भनेको छैन,” उनले बाह्रखरीसँग भने ।

नेकपाको पूर्वकेन्द्रीय सदस्यसमेत रहेका फुयाँल काठमाडौैं ३ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् । हेटौंडालाई प्रदेशको केन्द्र बनाउन लागिपरेका फुयाँललाई मन्त्री बनाउने सम्भावना रहेको प्रदेशसभा सदस्यले जानकारी दिएका छन् । फुयाँल दोस्रो संविधानसभामा काठमाडौं ३ बाट निर्वाचित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*