सिन्धुलीमा गाडी दुर्घटना हुँदा चालकको मृत्यु, १२ घाइते

नवयुग संवाददाता
१२ माघ २०७६, आईतवार १०:१७

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका २ ढुंग्रेभन्ज्याङमा आइतबार बिहान गाडी दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

झापाबाट काठमाडौं जाँदै गरेको बा. ४ ख ६९६ नं हायस गाडी दुर्घटनामा चालक अन्दाजी ४० वर्षका मोहन महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था जटिल रहेको छ । उनीहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । गाडी अनियन्त्रित भई बीपी राजमार्गबाट करिब ३० मिटर तल खसेको थियो । आजको कान्तिपुर दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*