कोरोना भाइरसबाट जोगिन ‘नमस्ते’ गर्नुहोस्

नवयुग संवाददाता
१२ माघ २०७६, आईतवार १४:४६

काठमाडौं । चीनमा महामारीको रुप लिएको कोरोना भाइरस नेपालमा पनि भेटिएपछि सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् । चीनमा ५६ जनाको ज्यान लिनुका साथै करिब दुई हजार संक्रमित भएका छन् । चीनबाट नेपाल आएका विद्यार्थीमा पनि कोरोना भाइरस संक्रमण देखिएपछि सचेत रहन चिकित्सकले आग्रह गरेका हुन् ।

मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, फिल्म हल, सपिङ मल, बजार लगायतका स्थानमा जाँदा अनिवार्य माक्स लगाउन चिकित्सकको सुझाव छ । साथै कसैसँग हात मिलाउनु भन्दा टाढैबाट नमस्ते गर्दा राम्रो हुने चिकित्सकको भनाइ छ । राम्रोसँग साबुन पानीले हात धुने, घरमा रहँदा तथा बाहिर जाँदा माक्सको प्रयोग गर्ने, ज्वरो आउने र घाँटी दुख्ने भएमा तुरुन्त अस्पताल जाने, रुघाखोकी ज्वरो आएको व्यक्तिबाट टाढा रहन चिकित्सकको सुझाव छ ।

कोरोना भाइरसको संक्रमणमा भएमा १०४भन्दा बढी ज्वरो आउने, रुघाखोकी लाग्ने घाँटी र टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखिने चिकित्सकले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*