गायिका आस्था राउत प्रहरीको नियन्त्रणमा

नवयुग संवाददाता
१३ माघ २०७६, सोमबार १०:३८

काठमाडौं । विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा फरार सूचिमारहेकी गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित भएकी छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डिउटीमा रहेकी प्रहरी जवान रमिशा श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाउदै उजुरी दिएकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रवक्ता होविन्द्र बोगटीका अनुसार राउतलाई उनका आफन्तले नै प्रहरी कार्यालयमा उपस्थित गराएका छन् । विमानस्थलमा सुरक्षा जाँचको क्रममा डिउटीमा रहेकी प्रहरी जवानसंग भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो मार्फत प्रहरीले कलाकारमाथी दुव्र्यहार गरेको भन्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

उनीविरुद्धको अभियोगमाथिको छानबिन अब प्रक्रियागत रुपमा अघि बढ्ने प्रहरीले जनाएको छ । उनलाई महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ । उनको स्वास्थ परिक्षणकोलागि विर अस्पताल लैजाने तयारी भई रहेको समेत प्रहरीले जानकारी गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*