गायिका राउतलाई चार दिन हिरासतमै राख्‍न प्रहरीलाई अनुमति

नवयुग संवाददाता
१३ माघ २०७६, सोमबार १५:५३

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न पहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर टेकुले राउतका लागि म्याद थपका लागि प्रशासन समक्ष अनुरोध गरेको थियो ।

विमानस्थलमा प्रहरीलाई दुव्र्यहार गर्दै त्यसबारे भिडिओ बनाएर अपशब्द बोलेपछि गायिका राउतलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*