शोक प्रस्ताव पारित

नवयुग संवाददाता
२८ माघ २०७६, मंगलवार १६:०५

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तर्फबाट संविधानसभा सदस्य रहनुभएका सिद्धार्थकुमार सोमानीको निधनप्रति समवेदना प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्ताव बैठकले पारित गरेको हो । स्व नेता सोमानीको ५२ वर्षको उमेरमा यही माघ २५ गते शनिबार झापास्थित निवासमै निधन भएको थियो ।

नेता सोमानी २०६४ सालमा तत्कालीन माओवादीका तर्फबाट समानुपातिक सदस्य निर्वाचित हुनुभएको थियो । स्व नेता सोमानीले गणतन्त्र स्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही माघ २९ गते बुधबार १ बजे बस्नेछ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*