सुन–चाँदीको भाउमा सामान्य वृद्धि

नवयुग संवाददाता
१ फाल्गुन २०७६, बिहीबार १२:१४

काठमाडौं । सुन–चाँदीको मूल्य थोरै बढेको छ । बिहीबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन यसको भाउ प्रतितोला ७५ हजार ७०० रुपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ३०० रुपैयाँले नै बढेर ७५ हजार ७०० रुपैयाँ पुगेको छ ।

बुधबार तेजावी सुनको भाउ प्रतितोला ७५ हजार ४०० रुपैयाँ थियो । यता चाँदीको भाउ पनि बुधबारको तुलनामा बिहीबार ५ रुपैयाँले बढेर ८ सय ८० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*