सुनको भाउ अहिले सम्मकै मंहगो, तोलामा ८० हजार नाघ्यो

नवयुग संवाददाता
१२ फाल्गुन २०७६, सोमबार १२:१८

काठमाडौँ । लगातार उकालो लाग्दै गरेको सुनको भाउ सोमबार पनि उकालो लागेको छ । सुनको भाउले पुरानो रेकर्डलाई तोड्दै आजबाट फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम गरको छ ।

आईतबार प्रतितोला ७८ हजार ८ सय रुपैयाँले कारोबार भईरहेको छापावाल सुनले पुरानो रेकर्ड तोड्दै आजबाट नयाँ रेकर्ड कायम गरी प्रतितोला ८० हजार ३ सय रुपैयाँ कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी महासंघका अनुसार आईतबार प्रतितोला ७८ हजार ५ सय कायम भएको सुनको भाउ पनि आज प्रतितोला ८० हजार पुगेको छ ।

सोमबार चाँदीको भाउमा पनि तोलामा ५ रुपैयाँ बृद्धी भई आज प्रतितोला ९ सय २५ रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*