कोरोना भाइरसका कारण चीनमा २५०० जनाभन्दा बढीको मृत्यु

नवयुग संवाददाता
१३ फाल्गुन २०७६, मंगलवार १०:३०

काठमाडौँ। विश्वभर कोरोना भाइरसको त्रास झन् फैलिएको छ । पछिल्लो एक रिपोर्ट अनुसार कोरोना भाइरसका कारण चीनमा २५०० जनाभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ७७ हजार नाघेको छ । त्यस्तै झण्डै २४ हजार संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

चीनले संक्रमितहरुको उपचारका लागि हरसम्भव प्रयास गरिराखेको छ भने हस्पिटल निर्माण कार्यलाई पनि उत्तिकै तिब्रता दिएको छ । तर, कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्न कठिन भएको बताइएको छ ।

कोरोना भाइरस कसरी सर्छ भन्ने कुरा अझै पनि पुष्टि नभएको यसमा अध्ययन गरिरहेका वैज्ञानिकहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*