महिला सहकारीलाई वाग्मती प्रदेशको २ लाख

नवयुग संवाददाता
२२ फाल्गुन २०७६, बिहीबार ०९:५२

मकवानपुर । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले महिलाद्वारा सञ्चालित १३ वटा सहकारीलाई पुरस्कृत गर्ने भएको छ । नारी दिवसको अवसरमा पारी मन्त्रालयले १३ जिल्लाका एकरएक वटा उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न लागेको हो ।

विपन्न र सीमान्तकृत समुदायको बाहुल्य रहेको, सम्बन्धित वडालाई पूर्ण रूपमा समेटेको, स्रोत परिचालन, असुली र निक्षेप राम्रो भएका सहकारीलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी बताए ।

वाग्मती प्रदेशमा ३ सय ८१ वटा सहकारी महिलाले सञ्चालन गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*