कोरोना भाइरस सर्ने भन्दै वारणसी मन्दिरको मूर्तिमा लगाइयो ‘मास्क’

नवयुग संवाददाता
२०७६, २८ फाल्गुन बुधबार २२:०४

Advertisement

कोरोना भाइरसको संक्रमण खासमा कसलाई लाग्छ ? मानिसलाई जनावरलाई ? तर, तपाईलाई थाहा छ ? भगवानको मूर्तिलाई समेत भाइरसको संक्रमण हुनसक्छ भनेर सावधानी अपनाइएको छ । भारतको उत्तर प्रदेश राज्यस्थित वारणसी मन्दिरको मूर्तिलाई मास्क लगाइएको छ ।

Advertisement

मन्दिरका पुजारीले भगवानको मूर्तिमा पनि मास्क लगाइदिएका हुन् । सबैतिर कोरोनाभाइरसको असर देखिएका कारण मानिसलाई जागरुक गर्नका लागि भगवान शिवको मूर्तिमा मास्क लगाइएको पूजारीले प्रतिक्रिया दिएका छन् ।

Advertisement

यस्तै, मन्दिरमा भगवानको मूर्तिलाई नछुन पनि अपिल गरिएको छ । मानिसहरुले संकटको बेलामा भगवानलाई सम्झने र मन्दिरमा पुगेर प्रार्थना गर्ने गरेकाले पनि सर्वसाधारणमा यस्तो संकट आइपरेको अवस्थामा मन्दिरमै जनचेतानामूलक गतिविधि गरिएको पुजारीको दावी छ ।

Advertisement

मास्क लगाइदिएयता मन्दिर पुग्ने भक्तजनले समेत मास्क लगाउन थालेको र हातले नछोइकन टाढैबाट पूजा गर्न थालेकाल छन् । पूजारीको ध्येय जेसुकै भएपनि मन्दिरको मूर्तिमा लगाइएको मास्क आफैमा रोचक छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*