ट्रकको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु

नवयुग संवाददाता
४ चैत्र २०७६, मंगलवार ०८:४९

चितवन । ट्रकको ठक्करबाट चितवनमा मंगलबार बिहान एक व्यक्तिको ज्यान गएको छ । साइकलमा दूध बोकेर हिँडिरहेकी ३५ वर्षीया लक्ष्मी सुवेदीको ठक्करबाट ज्यान गएको हो ।

भरतपुरबाट गितानगर जाँदै गरेको ना ७ ख ४०९१ नम्बरको ट्रकले सुवेदीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्रकलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । घटनाका दोषीमाथि कारबाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै स्थानीयले ट्रक नियन्त्रणमा लिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*