प्रदेश २ को नाम मिथिला भोजपुरा राख्ने कांग्रेसको प्रस्ताव पनि अस्वीकृत

नवयुग संवाददाता
४ चैत्र २०७६, मंगलवार १७:३८

जनकपुरधाम । प्रदेश नम्बर २ को नाम ‘मिथिला भोजपुरा’ राख्ने प्रस्ताव अस्वीकृत भएको छ । प्रदेशसभाको प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेशको नाम मिथिला भोजपुरा राख्ने प्रस्ताव गरेको थियो । तर, कांग्रेसको प्रस्तावको पक्षमा २८ मत मात्रै खसेको छ ।

कांग्रेसको प्रस्तावको विपक्षमा ७९ मत खसेको छ । प्रदेशसभामा रहेका कूल सदस्यसंख्याको दुईतिहाई बहुमतले मात्रै प्रदेशको स्थायी राजधानी र नाम तोक्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश नम्बर २ को प्रदेशसभामा कूल सदस्यसंख्या १ सय ७ मध्ये दुईतिहाई बहुमत जुटाउनका लागि ७२ मत चाहिन्छ ।प्रदेशसभामा नेपाली कांग्रेसका १९ जना मात्रै सांसद छन् ।

यसअघि प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राखेको ‘जानकी’ नाम राख्ने प्रस्ताव पनि अस्वीकृत भएको थियो । नेकपाको प्रस्तावको पक्षमा ३७ मत परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*