सुनको मूल्य बढ्यो, चाँदी स्थिर

नवयुग संवाददाता
५ चैत्र २०७६, बुधबार १३:३०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैँयाले बढेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज बुधबार सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यस अघि मंगलबार बजारमा सुन तोलाको ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७६ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ७१० कायम गरिएको छ । चाँदी स्थिर रहेको महासंघले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*