आज ‘विश्व मुख स्वास्थ्य दिवस’ र ‘अन्तर्राष्ट्रिय खुसी दिवस’ मनाइँदै

नवयुग संवाददाता
७ चैत्र २०७६, शुक्रबार ०९:११

काठमाडौँ । आज विश्व मुख स्वास्थ्य दिवस ‘युनाइट फर माउथ हेल्थ’ अर्थात् मुख स्वास्थ्यका लागि एकजुट भन्ने नाराका साथ मनाइँदैछ । मुखभित्रको स्वास्थ्यलाई जोड दिँदै यो दिवस मनाउन थालिएको हो ।

स्पेनको मड्रिडमा भएको डेन्टल काँग्रेसले हरेक वर्षका लागि नयाँ नारा बनाउने गर्दछ । हरेक वर्ष मार्च २० तारिखमा यो दिवस मनाइँदै आइएको छ । मुखलाई स्वास्थ्यको दर्पण मानिन्छ । मान्छेको मुखको स्वास्थलाई उसको व्यक्तित्वसँग जोडेर हेरिन्छ ।

पत्रु खाना, चिसो, तातो जस्ता कुराले मुखको स्वास्थ्यमा असर गर्ने भएकोले त्यस्ता खानेकुरामा सजग रहन डाक्टरले अनुरोध गरेका छन् ।

यस्तै आज अन्तर्राष्ट्रिय खुसी दिवस पनि हो । ह्याप्पिनेस फर अल, टुगेदरु अर्थात् सबैका लागि खुसी, सँगै भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

खुसी आफैभित्र छ, कुनै वस्तु या परिस्थितिले बाध्यकारी नबनाउने मानव जीवनको यो अपरिहार्य कुरालाई महत्व दिँदै सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*