अमेरिकीे डलरको भाउ अहिले सम्मकै उच्च

नवयुग संवाददाता
७ चैत्र २०७६, शुक्रबार १३:५२

काठमाडौं । अमेरिकी डलरको मूल्य फेरी बढेको छ । शुक्रबार डलरको मूल्य १ रुपैयाँ १७ पैसाले बढेको हो । मूल्यबृद्धिसँगै डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार डलरको मूल्य १२० रुपैयाँ २८ पैसा तोकेको छ । बिहीबार डलरको मूल्य ११९ रुपैयाँ ११ पैसा थियो । लामो समय १ सय १४ को हाराहारीमा रहेको डलर भाउ शुक्रबार १२० रुपैयाँमाथि उक्लिएको हो ।

चीनबाट फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र संकटतर्फ लगेपछि लगानीकर्ताहले डलरको माग बढाएका कारण डलरको भाउ आकासिएको हो ।

नेपाल आयातमा भर पर्ने मुलुक हो । नेपालले दैनिक उपभोग्यदेखि औद्योगिक तथा मेशिनरी सामान विदेशबाटै आयात गर्दै आएको छ । डलरको भाउमा उतारचडाब हुने वित्तिकै त्यसको असर प्रत्यक्ष रुपमा नेपाली बजारमा पर्छ । डलरको मूल्य बढ्ने वित्तिकै काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आयमा वृद्धि हुन्छ । हाम्रो मुलुकको अर्थतन्त्र रेमिट्यान्समा टिकेको छ । त्यसैले हरेक पटक डलर बढ्दा नेपाल भित्रिने रेमिट्यान्समा वृद्धि हुन्छ ।

नेपाली निर्यातकर्तालाई फाइदा हुन्छ । उनीहरुले सामान निर्यात गरेर बढी डलर कमाउन सक्छन् । तर त्यस बाहेकका अघिकांश कुरामा नेपाललाई घाटा नै हुन्छ । नेपाल आयातमुखी भएकोले भुक्तानी गर्नुपर्दा डलरमै गर्नुपर्ने हुन्छ । डलर बढ्दा नेपालले बढी भुक्तानी गर्नुपर्ने हुन्छ । जसले व्यापार घाटालाई अझै बढाउँछ ।

डलरको मूल्य बढ्दा नेपाललाई जति फाइदा छ त्यो भन्दा बढी घाटा वेहोर्नुपर्ने हुन्छ । त्यस्तै, दैनिक उपभोग्यका सामानहरु र भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मोबाइल, मोटर, लत्ता कपडा तथा इलेक्ट्रोनिक्सका सामानहरु महँगो पर्न जान्छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*