बलिउड गायिका कनिका कपुरलालाई कोरोना संक्रमण

नवयुग संवाददाता
७ चैत्र २०७६, शुक्रबार १५:३९

काठमाडौं । बलिउडकी चर्चित गायिका कनिका कपुर कोरोना भाइरसबाट संक्रमित भएकी छन् । लखनउको एक अस्पतालमा उनको उपचार भइरहेको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार गायिका कनिका लन्डनबाट भारत आएकी थिइन् । कोरोना भाइरसको लक्षण देखिएपछि गरिएको स्वास्थ्य परीक्षणपछि उनमा संक्रमित भएको पुष्टि भएको हो ।

कनिकाले ‘बेबी डल’, ‘चिटियाँ कलाइयाँ’ जस्ता कैयौं हिट गीत गाएकी छन् । उनी मार्च १५ मा लन्डनबाट उत्तर प्रदेशको राजधानी लखनउ आएकी थिइन् । लखनउमा उनले सयभन्दा बढी आफन्त तथा शुभचिन्तकलाई पार्टी दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*