साताको पहिलो दिनमै १ हजारले बढ्यो सुन

नवयुग संवाददाता
९ चैत्र २०७६, आईतवार ११:०१

काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुन १ हजार ले बढेको छ । शुक्रवार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन आज आइतबार बढेर छापावाल सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

भने तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ । त्यस्तै ,शुक्रवारको तुलनामा २० रुपेयाले बढेर प्रतितोला ७ सय २० रुपैयामा कारोबार भइरहेको महासघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*