हेटौँडामा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

नवयुग संवाददाता
१० चैत्र २०७६, सोमबार ०९:५१

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टिका बहादुर कार्कीले जानकारी दिए ।

मृतकको शव हेटौँडा अस्पतालमा रािखएको र मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*