लूटपाट गर्न काठमाडौंबाट मकवानपुर, बर्दीमै ३ जना प्रहरी पक्राउ

नवयुग संवाददाता
१० चैत्र २०७६, सोमबार १२:१५

काठमाडौं । लूटपाट गर्न गएका ३ जना प्रहरी मकवानपुरबाट पक्राउ परेका छन् । लूटपाटमा संलग्न महानगरीय प्रहरी वृत दरबारमार्गमा कार्यरत १ जना असई र २ प्रहरी जवान पक्राउ परेका हुन् ।

काठमाडौंबाट मकवानपुरको पालुङमा लूटपाट गर्न गएका असई सुरेन बस्याल, जावनहरू हेमन्त मगर र वीरबहादुर बस्नेत पक्राउ परेका हन् । दरवारमार्ग वृतमा कार्यरत उनीहरू ड्यूटी सकिएपछि लुटपाट गर्न गएका थिए ।

लुटपाटमा संलग्न तीनै जनालाई हदैसम्मको कारवाही गरिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विश्वराज पोखरेलले बताए ।

‘उनीहरू कार्यालय समय सकिएपछि गएको देखिन्छ तर प्रहरीको बर्दी लगाएर अपराधमा संलग्न उनीहरूलाई हदैसम्मको कारवाही हुन्छ,’ प्रमुख डीआईजी पोखरेलले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*