सुनको मूल्य प्रतितोला ५ सयले बढ्यो

नवयुग संवाददाता
१० चैत्र २०७६, सोमबार १२:३२

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्यमा वृद्धि भएको छ । सोमवार छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवारको तुलनामा सोमवार छापावाल सुनमा ५ सय रुपैयाँको वृद्धि भएको छ । आइतवार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । सोमवार तेजावी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मूल्य भने स्थिर बसेको छ । महासंघका अनुसार चाँदी प्रतितोला ८ सय २० रुपैयाँमा कारोवार भइरहेको छ । आइतवार पनि चाँदी सोही मूल्यमा कारोवार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*