हेटौंडामा औषधीको अभाव छैन, सबै मेडिकल खुल्छ– संघ

औषधी व्यवसायीले कालोबजारी गरे हामी पनि कारवाही गर्छौंः अध्यक्ष दाहाल
नवयुग संवाददाता
१० चैत्र २०७६, सोमबार १९:४०

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुरमा औषधीको अभाव नभएको बताइएको छ । विश्वभर संक्रमण फैलिएको कारोना भाइरस (कोभिड–१९) को त्रासका कारण जनमानसमा औषधी पसल समेत बन्द हुने हल्ला बढेको सन्दर्भमा औषधी व्यवसायी संघ मकवानपुरले सबै औषधी पसल खुल्ने जनाएको छ ।

सोमबार (आज) औषधी व्यवसायी संघ मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुधीर दाहालले जिल्लामा औषधीको अभाव नरहेको दाबी गरे । उनले मकवानपुरका सबै औषधी पसल सँधै खुल्ने बताए । ‘भोलिदेखि मेडिकल बन्द हुने कुरा गलत हो, हामी सँधै मेडिकल खोल्छौं ‘, अध्यक्ष दाहाले भने, ‘सर्वसाधरणको स्वास्थ्यप्रति हामी गम्भीर छौं । ’

बजारमा कुनै पनि औषधी व्यवसायीले कालोबजारी गरेको पाइएको खण्डमा संघले समेत कारवाही गर्ने उनले बताए । उनले कोरोनाबाट सचेत रहन सबैमा आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*