घरभित्रै बसेर सहयोग गर्न महानगरवासीलाई आग्रह

नवयुग संवाददाता
११ चैत्र २०७६, मंगलवार १८:१८

काठमाडौंँ । काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिन सबै महानगरवासीलाई आग्रह गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज अपिल जारी गरी महामारी नियन्त्रणका लागि सरकारले चालेको कदम स्वागतयोग्य छ भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर नआउन अनुरोध गर्नुभएको हो ।

महामारी रोकथाम र निर्मूल गर्न सरकारले २०७६ चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशनको स्वागत गर्दै प्रमुख शाक्यले अपिलमार्फत नगरवासीलाई सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसेर महामारीविरुद्धको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।

कोरोना सङ्क्रमणको आशङ्का भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि कामपाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा ९१०२० लाई जनशक्ति र स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राखिएको जनाइएको छ ।

नागरिकलाई सहयोग गर्न कामपाको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना सङ्क्रमणको आशङ्का भएमा कामपाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्थासमेत मिलाइएको छ ।

लकडाउन अवधिमा कुनै पनि नगरवासीले केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न सक्ने जनाइएको छ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिको फोन नम्बर खुला राखिएको छः
प्रमुख विद्यासुन्दर शाक्य – ९८५१२७९९००,
उपप्रमुख हरिप्रभा खड्गी – ९८५१२७९८९९,
वडाध्यक्ष ः १० भरतलाल श्रेष्ठ – ९८५१२७९९०१,
२० राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
३० दीपक केसी – ९८५१२७९९०३,
४० मोहन विष्ट – ९८५१२७९९०४
५० रमेश डङ्गोल – ९८५१२७९९०५
६० दीपेन्द्र लामा – ९८५१२७९९०६,
७० शुद्ध डङ्गोल – ९८५१२७९९०७
८० दिनेशकुमार डङ्गोल – ९८५१२७९९०८,
९० रामकृष्णजयखु श्रेष्ठ – ९८५१२७९९०९
१०० रामकुमार केसी। – ९८५१२७९९१०,
११० हीरालाल तण्डुकार – ९८५१२७९९११
१२० विकास डङ्गोल – ९८५१२७९९१२,
१३० ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३
१४० शोभा सापकोटा – ९८५१२७९९१४,
१५० ईश्वरमान डङ्गोल – ९८५१२७९९१५
१६० मुकुन्द रिजाल – ९८५१२७९९१६,
१७० नवीन मानन्धर – ९८५१२७९९१७
१८० न्हुछेकाजी महर्जन – ९८५१२७९९१८,
१९० शशिलाल श्रेष्ठ – ९८५१२७९९१९,
२०० राजेन्द्र मानन्धर – ९८५१२७९९२०,
२१० उदयचूडामणि बज्राचार्य – ९८५१२७९९२१
२२० चिनीकाजी महर्जन – ९८५१२७९९२२,
२३० मचाराजा महर्जन – ९८५१२७९९२३
२४० बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४,
२५० नीलकाजी शाक्य – ९८५१२७९९२५
२६० ख्यामराज तिवारी – ९८५१२७९९२६,
२७० चिनियाँमान बज्राचार्य – ९८५१२७९९२७
२८० भाइराम खड्गी – ९८५१२७९९२८,
२९० कुश ढकाल – ९८५१२७९९२९,
३००दलबहादुर कार्की – ९८५१२७९९३०
३१० नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१ र
३२० नवराज पराजुली – ९८५१२७९९३२
रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*