नेपालमा रहेका आफ्ना र विदेशी सबै नागरिकको उपचारको जिम्मेवारी लिन्छौं : स्वास्थ्यमन्त्री

नवयुग संवाददाता
१२ चैत्र २०७६, बुधबार १७:२४

काठमाडौँ । स्वास्थ्यमन्त्री भनुभक्त ढकालले नेपाल सरकार र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले निर्धारण गरेको सीमाभित्र बसिदिन सबैलाई आग्रह गरेका छन्।

बुधबार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री ढकालले विश्वभर फेलिएको कोरोनाभाइरस (कोभिड-१९) लाई नियन्त्रणमा लिनका लागि सबैतिरबाट प्रयास भइरहेको भन्दै सहयोग गर्न आग्रह गरेका हुन् ।

उनले नेपालमा रहेका नेपाली र विदेशी नागरिक कसैलाई पनि भेदभाव नगरिकन उपचार गरिने बताए । यो महामारीको समय हो, हामी कसैलाई आफ्नो र पराई भन्दैनौं । संक्रमित व्यक्ति स्वदेशी भएपनि विदेशी भएपनि उसको उपचारको जिम्मेवारी सरकारले लिन्छ, उनले भने “हामीलाई विश्वास छ, हाम्रा नागरिकलाई पनि विदेशमा सोही अनुसारको सहयोग हुनेछ ।”

उनले ब्रिफिङमा सरकारले देशैभर विभिन्न स्थानमा उपचार केन्द्र थप गर्नेदेखि व्यवस्थापन गर्नेसम्मका कामहरू भइरहेको भन्दै कसैलाई पनि नआत्तिइकन बन्दाबन्दीभित्र बस्न आग्रह गरे ।

विभिन्न ठाउँमा सरकारले स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई निर्माण कार्य भइरहेको भन्दै उनले आवश्यक थप सामग्री मित्रराष्ट्र चीनबाट ल्याउनका लागि सरकारले पहल गरिरहेको समेत जानकारी दिए । उनले आवाश्यक पर्ने स्वास्थ्य उपकरण तीन दिन भित्र ल्याउने बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*