बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरस

नवयुग संवाददाता
१२ चैत्र २०७६, बुधबार १७:३१

काठमाडौं । बेलायती राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार दिइएको जानकारी अनुसार उनकी पत्नी क्यामिल्लालाई भने कोरोना भाइरसको संक्रमण पोजेटिभ नपाइएको बताइएको छ ।

७१ वर्षीय राजकुमार चार्ल्स अहिले स्कटल्याण्डको बालमोरल क्यास्टलमा सेल्फ आइसोलेसनमा बसेका छन् । वेल्सका राजकुमारलाई कोरोना भाइरसको सामान्य संक्रमण मात्र देखिएको बताइएको छ । क्यामिल्लालाई पनि स्कटल्याण्डमा आफ्नै घरमा सेल्फ आइसोलेसनमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*