धादिङ केन्द्रबिन्दु बनाएर ४ रेक्टरको भूकम्प

नवयुग संवाददाता
१२ चैत्र २०७६, बुधबार १९:५८

काठमाडौं । धादिङ केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । साँझ ६ बजेर ३६ मिनेट जाँदा धादिङको मार्पाक आसपास केन्द्र बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसम्म पनि महसुस भएको थियो ।

भूकम्पको धक्का भएपछि स्थानीयहरु त्रासमा छन् । कोरोनाको त्राससँगै भूकम्पले पनि तर्साउन लागेपछि सर्वसाधारणमा त्रास बढ्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*