कोरोना संक्रमणपछि मृत्यु हुने सम्भावना कति हुन्छ ?

नवयुग संवाददाता
१३ चैत्र २०७६, बिहीबार १०:१७


एजेन्सी । बेलायती सरकारका वैज्ञानिक सल्लाहकारहरुले भनेका छन् कि कोरोना भाइरस संक्रमण भएको कारण मृत्यु हुने सम्भावना केवल ०।५ प्रतिशतदेखि १ प्रतिशतसम्म मात्र हुन्छ ।

कोरोना संक्रमणको विषयमा यो मृत्युदर कम हो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा यो भाइरसका कारण मृत्यु हुनेको दर अहिले ४ प्रतिशत देखिएको छ । २३ मार्चसम्म बेलायतमा पनि यो दर अलिक माथि थियो । त्यो हो– ५ प्रतिशत । यस्तो किन भएको थियो भने त्यहाँ सबै मानिसमा कोरोना भएको पुष्टि थिएन ।

कोरोना भाइरस संक्रमणको सुरुवातमा कसको टेस्ट हुने र कसको नहुने भन्ने कुराले पनि यो कुरा निर्धारण गर्छ । त्यसैले पनि विभिन्न देशमा यसबारे फरक फरक धारणा रहेको छ । त्यसैले विभिन्न देशबाट आएका यी तथ्यांक भ्रामक हुनसक्छन् ।

त्यसमाथि कसैको पनि मृत्यु दर व्यक्तिको उमेर, स्वास्थ्य तथा स्वास्थ्य सेवामा उसको पहुँचले निर्धारण गरेको हुन्छ ।जानकारहरुका अनुसार कोरोना लागेका व्यक्तिको मृत्यु त्यस्ता व्यक्तिहरुमा बढी हुन्छ जो बुढा छन् वा जसलाई पहिले नै अरु समस्या छ ।

लन्डनको इम्पेरियल कलेजको ताजा तथ्यांक तथा अनुमानका अनुसार ८० वर्षभन्दा मानिसको मृत्यु दर अहिले १० गुणा बढी देखिएको छ । जबकी ४० वर्षभन्दा तलका मानिसमा यो कम देखिएको छ ।

अब पहिलो पटक चीनमा कोरोना भाइरस संक्रमण भएका ४४ हजार मानिसको विश्लेषण गरिएको छ । यसमा उनीहरुलाई पहिले नै मधुमेश, उच्च रक्तचाप, मुटुको रोग तथा सासको बिमारी भएको खण्डमा उनीहरुको मृत्युदर पनि पाँच गुणा बढी देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*