कोरोना भाइरसको प्रकोप र नेपाल

बालकुमार श्रेष्ठ
१५ चैत्र २०७६, शनिबार १०:१५

 चीनको हुवावे प्रान्तको वुहान शहरबाट फैलिएको कोभिड १९ नामको भाइरसले चीनमा ३७०० भन्दा बढी मानिसको ज्यान गएको थियो भने विश्वमा चैत्र ८ गते सम्ममा १३,३०४ जनाको मृत्यू भएको छ । विश्वमा १९० भन्दा बढी देशहरुमा यो रोगको भाइरस फैलिसकेको छ भने मृत्यू हुने र संक्रमित हुनेको संख्या बढीरहेको छ । विश्वमा २,५०,००० भन्दा बढी व्यक्तिहरुलाई कोरोना भाइरस फैलिसकेको छ भने यसको केन्द्रविन्दु अहिले यूरोप बनेको छ । भारतमा पनि गत आइतबार सम्म ५ जनाको मृत्यू भइसकेको छ भने २२८ जनालाई सघन कक्षमा उपचार भैरहेको समाचार छ । जनता कफ्र्यू लगाउने कार्य गरेर भारतले सार्कस्तरीय कोरोना नियन्त्रण सञ्जाल निर्माण गर्ने घोषणा समेत गरेको समेत गरेको छ । यसमा नेपालले समेत १० करोड सार्कस्तरीय कोरोना नियन्त्रण आकस्मिक कोषमा प्रदान गर्ने मन्त्रीपरिषदले निर्णय गरिसकेको छ । यी समसामयिक समाचारहरु भए । सबै देशहरुले आफ्नो देशभित्रको अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरेका छन् । विश्वमा विस्तारै लक्षण देखाउने तर मृत्युदर कम गराउने भाइरसको रुपमा यो भाइरस रहेको छ ।

चीनमा अहिले घट्दो दरमा कोभिड १९ को संक्रमण छ, यो नियन्त्रणमा आएको छ, तर इटाली, स्पेन, ब्रिटेन दक्षिण कोरिया र इरानमा मृत्युदर बढाइरहेको छ । दुई हप्ताको समयमा इटालीमा मर्नेहरुको संख्या २,५०३ (गत चैत्र ५ गते सम्म) पुगेको छ । यो भयावह स्थिति हो । एसियाको चीनबाट फैलिएको यो रोग त्यतिखेर नेपालमा नआएको सरकारी दावीसहित थप पर्यटक ल्याउने दावी सरकारले गरिरहे, तर जब नेपाल आएर गएको पर्यटकलाई अष्ट्रेलियामा कोरोना रोग पोजेटिभ देखियो, तब जनमानसमा यो रोग नेपालम फैलिसकेको र नेपालम परीक्षण गर्ने किट अभाव रहेको जस्ता हल्ला फैलिन थाल्यो । मेन लाइन मिडियाहरु प्रधानमन्त्रीको स्वास्थ्य अवस्था अपडेट गर्न र सत्तारुढ दलको गुटबन्दीको न्यूज र अन्तर्वातामै केन्द्रित रहे भने अनलाइन मेडिया र यूटुब च्यानलहरुले पनि कोरोना नेपालीलाई नलाग्ने, नेपाल पशुपतिनाथको देश र पशुपतिनाथले रक्षा गर्नेदेखि लिएर धेरै अनुमानित विश्लेषण सहितका अन्तर्वाताहरु प्रसार गरिरहेका थिए । कोही कोहीले चीनको व्यापार रोक्न अमेरिकाले बनाएको र त्यो भाइरस नेपालीलाई नलाग्नेगरि बनाइएको हुनसक्ने अनुमान समेत राख्न भ्याए ।

के हो त कोरोना भाइरस ?

शुरुमा चीनको वुहानबाट चमेराको सुप खाएको कारणले यो भाइरसले मानवमा आक्रमण गरेको प्रारम्भिक अनुमान गरिएको थियो । तर यो विषाणु (VIRUS) कसरी उत्पत्ति भयो र कसरी यसले मानिसमा संक्रमण ग¥यो भन्ने अझैसम्म अनुमान मात्र गरिएको छ । कसै कसैले चीनको वुहान प्रान्तमा २१२ प्रजातिको काँचो मासु खाने र त्यहाँ सर्प र चमेराको सुप खाने व्यक्तिहरु संगै बसेका थिए र उनीहरुको सर्प र चमेरामा भएको विषाणु आपसमा गतबलत (नयाँ प्रजातिको भाइरस बन्ने प्रक्रिया) भएर कोभिड १९ नामको भाइरस उत्पत्ति भएको र शुरुमा तीनै सर्प र चमेराको सुप खाने महिला र पुरुषलाई भयो र पछि उनीहरुबाट प्रसार भएर शुरुमा चीनको वुहान प्रान्तमा यसको संक्रमण देखिएको हो र पछि मानिसहरुको विश्वव्यापी आवागमनले अरु देशहरुमा फैलिएको कुरा बताएका छन् । विश्वस्वास्थ्य संगठनले यो भाइरसको उपचार नहुने, खासगरी यसको कुनै खोप पनि नबनेको र खोप बनाउने तयारीमा विभिन्न देशका वैज्ञानिकहरु लागिरहेको र यो रोगको खोप (VACCINE) बन्न बैशाख दोश्रो हप्तासम्म लाग्ने पनि बताएको छ । खासमा सन् २००२ मा फैलिएको सार्स, स्वाइन फ्लु, वर्डस फ्लु र सन् २०१२ मा विश्वभरी फैलिएको मर्स (H9N9) भाइरस जस्तै प्रकृतिको रहेको छ । यसको सर्ने प्रकृति पनि उस्तै छ । संक्रमित व्यक्तिको थुकको छिटा संगै बस्ने व्यक्तिले श्वास तान्दा उसको श्वासप्रश्वासमा छि¥यो भने त्यो व्यक्ति संक्रमित हुने र उसलाई लक्षण देखिंदा शुरुमा श्वास फेर्न गाह«ो हुने, लहरे खोकी रातमा बढी लाग्ने र दिनमा पनि बेलाबखतमा लहरे खोकी जस्तै सुख्खा खोकी (खकार नआउने खोकी ) लाग्ने र १००.४ फरेनहाइटबाट ज्वरो आउने र १०४ डिग्री फरेनहाइट सम्म ज्वरो आइरहने हुन्छ । अन्तमा रोग प्रतिरोधक शक्ति कमजोर भएका मानिसहरु न्यूमोनियाको लक्षण देखिएर मर्ने र रोग प्रतिरोधक शक्ति राम्रो हुने मानिसहरुमा यो रोगको लक्षणको उपचार गरेपछि निको भएका पनि छन् ।

यस रोगको संक्रमणपछि विश्वव्यापी मृत्युदर ६.५ प्रतिशत रहेको छ, तर यो सार्सको १५ प्रतिशत र मर्सको ३५ प्रतिशतभन्दा कम रहेको हो । यसको संक्रमण चाहिं श्वासप्रश्वास मात्र नभएर हातले छुने सामानको सम्पर्क गरेपछि त्यो हात फेरि आँखा, नाक र मुखमा छुँदा पनि सजिलैसंग व्यक्ति संक्रमित हुने भएकोले यो छिटो फैलिएको हो । यस रोगले नेपालीहरु वुहान प्रान्तबाट ल्याइएका १२५ जनालाई पनि नभएको र घरघरमा गइ बसेको कुराले सरकार उत्साहित भएर चीनबाट अझै पर्यटक ल्याउने योजनामा थियो, वुहान प्रान्त वाहेकका चीनियाँ पर्यटक ल्याउने तयारीमा पर्यटनमन्त्री थिए, तर चीन सरकारले आफ्ना नागरिकहरुलाई विदेश भ्रमण नगर्न चेतावनी दिएपछि त्यो तयारी रद्द गरियो । यो भाइरस लागेका व्यक्तिहरुबाट १ मिटरमात्र फरकमा बसेमा यो रोग नसर्ने शुरुमा शुक्रराज ट्रोपिकल रिसर्च सेन्टरमा विज्ञहरुले बताए । स्वास्थ्यमन्त्रीले क्वारेन्टाइन घरघरमा बसे हुने कुराले चर्चा पायो, तर नेपालमा होलिमा पानीले नभिजी र भेटघाट गर्ने भीडभाडमा नजाने सन्देश दियो । जब दक्षिण कोरियामा संक्रमितको संख्या बढ्यो, तबसम्म धेरै चिकित्सकहरुले परीक्षण नै नगरी घर पठाएको कुरा युटुबमा बोलिन थाल्यो, मन्त्रीले घरमा सम्धी आएको कुरा गर्नथाले, तब नागरिक समाजको दबाव महशुस गर्न थाले । सरकारले चीनमा उपचार गरेको चिकित्सक ल्याएर नडराउन मात्र भनिरहे, तर सामाजिक सञ्जालमा आएक कुराहरुले सरकारले तयारी नगरेको कुराहरु बाहिरिएपछि अकस्मात शिक्षा मन्त्रालयले चैत्र ५ सम्म सबै विद्यालयस्तरीय परीक्षाहरु सक्न निर्देशन दिए, त्यही अनुसारको तयारी गर्नुपर्छ भनेर शिक्षक नेतृत्वले भन्दा हेटौंडा नगरपालिकाको शिक्षा विकास महाशाखाले शिक्षकहरुले छिटो विद्यालय बन्द गरेर घर बस्न खोजेको अर्थमा जनप्रतिनिधिलाई बताउन खोजियो, हेटौंडामा कक्षा ८ को परीक्षा चैत्र २९ गतेबाट गराउन पनि जिल्ला तथा नगर तहको राष्ट्रिय शिक्षक महासंघ र हेटौंडाका प्रधानाध्यापकहरुको उच्च दवावपछि निर्णय गरियो । चैत्र ६ गतेको एसईई परीक्षाको लागि चैत्र ५ गते १२ बजे सबै परीक्षा केन्द्रमा परीक्षा हुने सर्कुलर आयो, केन्द्राध्यक्षहरुले तयारी मिलाए, टाढाबाट परीक्षा दिन आउने विद्यार्थीहरुले डेरा लिइसकेका थिए, एक्कासी चैत्र ५ गते साँझ ५ः३० बजे सबै एसईई परीक्षा केन्द्रमा अर्को सूचना नआएसम्मको लागि परीक्षा स्थगित गर्ने निर्णय सहितको सूचना आयो । अहिले प्रधानमन्त्रीको सम्बोधनपछि सबै सिनेमाघर, जिम क्लब र भीडभाडका कार्यक्रमहरु नगर्न, सुरक्षित रुपमा घरघरमा बस्न र चैत्र ९ गतेबाट लामो दुरीको यातायात सञ्चालन समेत रोक लगाउने निर्णय भयो । यो सरकारको अचानकको निर्णयले धेरै विद्यार्थीले दुःख पाए । कतिपय मकवानपुरका विद्यालयहरुले निशुल्क बससेवा दिइ विद्यार्थीहरुलाई घरघरमा पु¥याउने कार्य गर्नुभयो । यो स्वागतयोग्य काम भयो । चैत्र ८ गते सम्ममा भारतबाट धनगढी र काँकडभिट्टा सीमा नाकामा हजारौं हजार भारतीय नागरिकहरु आएर बसेको भन्ने समाचार छ । भारतीय नाका सरकारले सिल गर्न किन नसकेको हो ? भारतमा समेत नागरिक कफ्र्यू लगाइसकेको अवस्थामा नेपाल सरकारले दक्षिणको भारतीय नाकामा फोरहेड टेम्पेचर मात्र लिएर किन भटाभट नेपाल प्रवेश गर्न दिएको ? तिनले क्वारान्टाइनमा बस्नुपर्ने नियम किन मान्न नलगाएको ? यहिनेर जनतामा फेरि असन्तुष्टी जन्मेको छ ।

कसरी बच्ने त कोरोना भाइरसको प्रकोपबाट ?

यसको लागि सरकारले २५ जनाभन्दा बढी भीडभाडमा नजानु भन्ने नियम प्रकोपको साँङ्गलो तोड्ने सबैभन्दा राम्रो नियम हो । सवारी साधनमा सिट बराबर मात्र मानिस बस्ने, सवारी साधन चढ्दा सबैले अनिवार्य रुपमा मास्क वा रुमालले मुखनाक छोपिनेगरि लगाउनुपर्छ । एक यात्रु र अर्को यात्रुको बीचमा ४ मिटरको दुरी कायम गर्ने, काम नपरी गाउँघर र छिमेकमा पनि भेला भएर नबस्ने, आफुलाई हाच्छिंउ आउँदा र खोकी लाग्दा रुमालले, टिस्यू पेपरले वा केही नभए हातको बाहुलाले नाक छोप्ने, रुघाखोकी र ज्वरोको विरामीले आफै अरुको सम्पर्कमा नजाने, शौचालयको हैण्डिल र चुकुलमा दैनिक रुपमा सेनिटाइजरको प्रयोग गर्ने, हात दिनमा सकेसम्म धेरैपटक साबुनपानीले कम्तीमा २० सेकेण्ड लगाएर धुने, अरुबेलामा नभ्याए पनि बाहिरबाट घर आएपछि, सौचालय गएर आएपछि र खाना खानुअधि अनिवार्य रुपमा साबुनपानीले हात धुने गर्नुपर्छ । मास्क लगाउँदा पनि धेरै मास्कमा छुनुहुँदैन । मास्क र रुमाल दैनिक रुपमा धुनुपर्छ । धेरै ज्वरो आएको छ र रुघाखोकी लागेको छ भने स्वास्थ्य संस्थामा जानुपर्छ । रुघाखोकीबाट बच्न पानीमा धेरैबेर भिज्ने, चीसो चिज खाने र चीसोमा बस्ने गर्नुहुँदैन । यदि कोही व्यक्तिलाई बजारमा सेनिटाइजर किन्न सकिएन भने डिटोलपानी मिसाएर घरमै सेनिटाइजर बनाउन सकिन्छ । त्यस्तै १ कप घरेलु रक्सी वा स्प्रिट, आधा कप एलोबेराको रस र १ चम्चा ग्लिसरिनलाइ राम्ररी फिटेमा त्यसले पनि सेनिटाइजरको काम गर्न सक्छ । ज्वरो र खोकी बाहेकका विरामीले सकेसम्म अस्पतालमा नजाने, अस्पतालका रेलिङ्ग, भूइ र वेडहरु राम्ररी स्टेरिलाइज्ड नभएको रहेछ भने चाहिं कोरोना संक्रमण हुनसक्छ ।

सरकारले गर्नुपर्ने कामहरु

नागरिकलाई घर नछोड्ने सल्लाह दिइएको छ, ढिलै भए पनि नेपाल सरकारले कोरोना महामारीको लागि स्थानिय, प्रदेश र संघमा क्वारेन्टाइन सेन्टर बनाएको छ, त्यो स्वागतयोग्य छ, तर भारत र अन्य देशबाट आउने शंकास्पद नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने र नेगेटिभ नआएसम्म पठाउनु हुँदैन । जसरी सेनाले हेलिकोप्टरबाट विषादी छर्ने, नर्भिक र टिचिङ्ग हस्पिटलमा मान्छे कोरोनाले मरेको र १५ जनालाई जलाउन लगेको गलत र भय सिर्जना गर्ने व्यक्तिहरुलाई सरकारले तुरुन्त समात्यो त्यसैगरी यो नेपालका नागरिकलाई सडकमा आउन हुँदैन भनेको बेलामा दाल, चामल, ग्याँस, तरकारी जस्ता उपभोग्य बस्तु र मास्क, सेनिटाइजर र अन्य औषधिजस्ता बस्तुहरुको कृुत्रिम अभाव सिर्जना गरेर उपभोक्ता ठग्ने कालाबजारीहरुलाई पनि भटाभट पक्राउ तथा कारवाही गरेको समाचार सामाजिक सञ्जालमा हालेर जनतालाई सुसुचित गर्नुपर्छ । शंका लागेका व्यक्तिहरुलाई परीक्षण गर्ने ठाउँमा डाक्टरहरुले लापरवाही गरेका छन् कि अस्पतालहरुमा राम्ररी स्टेरिलाइज्ड ८/८ घण्टामा गरिएको छ कि छैन ? त्यो अनुगमन गर्ने टोलीको पनि अनुगमन सरकारले गर्नुपर्छ । भारतबाट खुला सिमानामा भारतीय नागरिकलाई स्वस्थ भए पनि फर्काउने नियम सरकारले लगाउन ढिलो गर्न हुँदैन ।

नागरिकले अहिले गर्नुपर्ने कर्तव्यहरु

नागरिक समाजले महङ्गी गराउने कालाबजारीयाहरुको लिष्ट बनाएर राख्ने र यो कोरोनाको महामारी विश्वबाट प्रकोप नियन्त्रणमा आइसकेपछि त्यस्ता व्यापारी, यातायात व्यवसायी, उद्योगपति आदिलाई वहिष्कार गर्ने नीति लिनुपर्छ । जसरी हेटौंडाको २ वटा पार्टी प्यालेस र अमृत जलका उत्पादकले यो संकटको घडीमा क्वारेन्टाइन बनाउन पार्टी प्यालेस निशुल्क दिने र जतिपनि क्वारेन्टाइनमा बस्ने विरामीलाई अमृत जल निशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको छ, वहाँहरुबाट अरुले पनि सिक्न जरुरी छ कि सरकार र नागरिक एक भएर नेपालमा कोरोना प्रकोप विरुद्ध लड्ने तयारी युद्धस्तरमा हुँदैछ् भने नीजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी निभाउनुपर्छ । कालाबजारी भर्सेस जनसेवी व्यापारी चिन्ने यो राष्ट्रिय अवसर हो, यसलाई स्थानीय सरकार र नागरिक सबैले अभिलेख राखी सोही बमोजिम कालाबजारीलाई भविष्यमा समाजबाटै बहिष्कार गर्ने तयारी गर्नुपर्छ ।जसले जे सामाजिक सञ्जालमा हाले पनि पत्याइहाल्ने, आत्तिइहाल्ने बानीलाई छोडेर सकारात्मक विश्वास र कोरोना भाइरसको सम्पर्कबाट तयारीमा बसेमा हामी नेपाली सुरक्षित रहन सक्छौं । एक त सहगोत्रीमा विवाह नगर्ने र गाइको मासु नखानेहरुको रोग प्रतिरोधात्मक शक्ति अन्यको भन्दा बलियो नै हुन्छ । त्यसमाथि आजभोलि माछामासु सकेसम्म नखाने, काँचो मासु काट्नेले पनि सावधान हुने र माछामासु खानैपर्छ भने राम्ररी पकाएर र पकाउनु अघि त्यसलाई राम्ररी सफा गरेर मात्र खाँदा राम्रो हुन्छ । सकारात्मक सोच र गल्ती गर्नेलाई बदलाको भावना नराख्ने, रीसरागलाई मनमा इगोको रुपमा नलिने, क्षमाशील बन्ने, विहान विहान ध्यान योग गर्ने आदि गर्दा पनि रोगसंग लड्ने शक्ति बढ्छ । भगवान बुद्धले भन्नुभए जस्तै सम्यक सोच, सम्यक व्यवहार, सम्यक भोजन, सम्यक दृष्टिकोण राख्ने हो भने हामीमा रोग प्रतिरोधक शक्ति वृद्धि हुन्छ । विश्वस्वास्थ्य संगठनले उच्च जोखिममा भनेको नेपाललाई हामी नागरिक र तीनतहको सरकार मिलेर न्यून जोखिम पनि भित्रिन नदिइ विश्वमा कोरोना भाइरसको आतंक सकियोस । विश्वबन्धुत्वको भावनाले विश्वमा यस रोगबाट कमभन्दा कम क्षति होस । हामी सबै मिलेर यसको रोकथाम र सावधानीका नियमहरु पालना गर्न सक्षम होऔं । सर्वे भवन्तु सुखिनां सर्वे सन्तु निरामया : सवेै भद्राणी पश्यन्तु माँ कश्चिद् दुःख भाग्भवेत् !

(लेखक : श्री सिद्धार्थ मा.वि. हेटौंडाका मा.वि. सामाजिक अध्ययन विषय समूहका संंयोजक हुन् ।)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*