कोरोनाविरुद्ध कमलामाई नगरपालिकाले छर्किन थाल्यो कीटनाशक औषधि

नवयुग संवाददाता
१५ चैत्र २०७६, शनिबार १८:५३

सिन्धुली । कमलामाई नगरपालिकाले आज बजार क्षेत्रमा कोभिड–१९ विरुद्ध कीटनाशक औषधि छरेको छ । नगर प्रमुख खड्गबहादुर खत्रीले २ नं बजारबाट कीटनाशक औषधि छर्न शुरु गरेका थिए । गैरी बजार, १ नं। बजार, स्टल बजार तथा धुरा बजारमा उक्त औषधि छर्कने योजना रहेको नगर प्रमुख खत्रीले जानकारी दिए । सडक र छेउछाउमा रहेका घरका भित्तामा पनि कीटनाशक औषधि छर्किएको छ ।

नगरवासीमा खाद्यान्न लगायत अत्यन्तै आवश्यक पर्ने वस्तुको अभाव हुन नदिने गरी पनि योजना बनाइएको उनले बताए । नगरपालिकाले घरघरमै पुग्ने गरी घुम्ति पसल सेवा शुरु गर्ने निर्णय गरी सेवा शुुरु गरेको छ । नगरपालिकाका प्रमुख खत्रीको अध्यक्षतामा आज बिहान सिन्धुलीमाढीमा बसेको सर्वपक्षीय बैठकले सेवा दिने निर्णय गरेको थियो । पसलको व्यवस्थापनको जिम्मा सिन्धुली उद्योग वाणिज्य संघलाई दिइएको नगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*