मेयर महत मार्फत् हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्री

नवयुग संवाददाता
२०७६, १८ चैत्र मंगलवार १०:४१

Advertisement

मकवानपुर । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपालका स्वास्थ्यकर्मी समेत असुरक्षित रहेको बेला मंगलबार (आज) हेटौंडा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । कोरोनाको संक्रमणबाट बच्न स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री हस्तान्तरण गरिएको हो ।

Advertisement

रोटरी क्लब अफ काठमाडौं र रोटरी क्लब अफ मकवानपुरले हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत मार्फत् हेटौंडा अस्पतालका स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो । स्वास्थ्यकर्मीहरुलाई ४० थान सेफ्टी कीट, ३३ जोर जुत्ता र ९ थान न्यानो झोला वितरण गरिएको हो ।

Advertisement

आफ्नो स्वास्थयलाई जोखिममा राखी बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मीहरुलाई यो अवस्थामा सामाग्री वितरण गरेकोमा मेयर महतले वितरकलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाशपौडेल, डाक्टर हरिबहादुर खड्का र रोटरी क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*