मकवानपुरमा १३ वर्षीया किशोरी मृत भेटिइन्

नवयुग संवाददाता
१८ चैत्र २०७६, मंगलवार १४:४७

मकवानपुर । मकवानपुरमा एक किशोरी मृत भेटिएकी छिन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं २ स्थित नागमारामा १३ वर्षीया किशोरी मृत भेटिएकी हुन् ।
आफ्नै घरको माथिल्लो तल्लामा झुण्डिएको अवस्थामा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार किशोरीको हत्या वा आत्महत्या हो भन्नेबारे हालसम्म पुष्टि भएको छैन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।थप विवरण आउन बाँकी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*