लकडाउन एक साता थप्ने सरकारको तयारी

नवयुग संवाददाता
२२ चैत्र २०७६, शनिबार १४:५९

फाइल फोटो

काठमाडौँ । सरकारले लकडाउनको समयअवधि बढाउने तयारी गरेको छ। एक मन्त्रीका अनुसार शनिबार दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकबाट लकडाउनको समयअवधि बढाउने निर्णय गरिने छ।

कोभिड १९ बाट संक्रमित हुनेहरु बढिरेहको अवस्थामा लकडाउनको समयअवधि बढाउनु उपयुक्त हुने निचोडमा प्रधानमन्त्री केपी शर्मा ओलीनै पुगेको ती मन्त्रीको भनाइ छ।

सरकारले पहिलोपटक लकडाउन चैत ११ गतेदेखि १८ गतेसम्म घोषणा गरेको थियो। फेरि १६ गतेको मन्त्रीपरिषद् बैठकले २५ गतेसम्मका लागि दोस्रो पटक लकडाउनको समय अवधि बढाएको थियो।

बिहीबार बस्ने मन्त्रीपरिषद् बैठकले बैशाख ३ गतेसम्म लकडाउनको समयअवधि बढाउने तयारी भएको ती मन्त्रीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*