मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन एक साता लम्बिने

नवयुग संवाददाता
२४ चैत्र २०७६, सोमबार १२:०६

काठमाडौं । सरकारले लकडाउनको समय कम्तिमा पनि एक साता थप्ने तयारी गरेको छ । यही विषयमा छलफल गर्न आज दिउँसो बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सीमा नाका बन्द गर्ने र लकडाउनको समय थप्नेबारे मन्त्रिपरिषद् बैठकमा छलफल हुने भएको छ । एक मन्त्रीका अनुसार कोरोनाभाइरस संक्रमण रोकथामका लागि यही नै सबैभन्दा उत्तम विकल्प भएको निष्कर्ष निस्किएको छ । त्यसैले पनि सरकारले अहिले लकडाउनको समय थप्ने निर्णय गर्ने उनले बताएका छन् ।

आज लकडाउनको समय थप्ने विषयमा प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्न सक्ने पनि सम्भावना रहेको ती मन्त्रीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*