लकडाउन वैशाख ३ गतेसम्म थप गर्ने सरकारको निर्णय

नवयुग संवाददाता
२४ चैत्र २०७६, सोमबार १८:११

काठमाडौं । सरकारले दुई हप्तादेखि जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशमा लकडाउन गर्ने घोषणा गरेको थियो । यसबीचमा देशभर ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*