लकडाउन प्रभावित परिवारलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीको राहत

नवयुग संवाददाता
२४ चैत्र २०७६, सोमबार १९:५७

मकवानपुर । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न सरकारले गरेको लकडाउनबाट प्रभावित परिवारहरुलाई मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरले राहत सामाग्री हस्तान्तरण गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं ४ को पहलमा स्पोर्टस् एकेडेमीले हे.उ.म.न.पा वडा नं १० का लकडाउन प्रभावित परिवारहरुको लागि राहत हस्तान्तरण गरेको हो ।

एकेडेमीले १० नं वडाका २० परिवारलाई पुग्ने खाद्यान्न सामाग्री सोमबार (आज) हस्तान्तरण गरेको हो । एकेडेमीका केन्द्रीय सदस्य नवीन सिग्देलले १० नं वडाका अध्यक्ष किताप सिं लामालाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा एकेडेमी मकवानपुरका अध्यक्ष निरज सिं ठकुरी, उपाध्यक्ष प्रकाश सुवेदी, विद्यालय खेलकुद शिक्षक संघका अध्यक्ष राजाराम पोखरेल, समाजसेवी भीम तिमल्सीना , युवा क्लब वडा नं ४ का अध्यक्ष रोजन घिमिरे, हे.उ.म.न.पा ४ का वडासदस्य राजेन्द्र बस्ताकोटी, रोटरी अध्यक्ष तथा नगर कार्यपालिका सदस्य इन्द्र नेपाल लगायतको सहभागिता रहेको थियो ।

यस्तै केही दिन अघि एकेडेमीले हेटौंडाको मामाघर नेपाललाई १ महिनालाई पुग्ने खाद्यान्न सामाग्री हस्तान्तरण गरेको अध्यक्ष निरज सिं ठकुरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*