विदेशबाट हेटौंडा आएका ११ सहित १७ जनाको नमूना परीक्षणमा रिपोर्ट नेगेटिभ

नवयुग संवाददाता
२४ चैत्र २०७६, सोमबार २१:५९

मकवानपुर । मकवानपुरको हेटौंडास्थित प्रयोगशालामा गरिएको नमूना परीक्षणमा विदेशबाट आएका ११ जनासहित १७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

वार्डका डाक्टर हरी खड्काका अनुसार हेटौंडा ४ स्थित श्रमिक माबिमा स्थापना गरिएको आइसोलेसन वार्डमा भर्ना भएका सबैको स्वाब परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणको आशंकामा आज परीक्षण गरिएका आठ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

अस्पतालले ४ वटा आईसीयूसहित ३० बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याएको छ ।
अनलाइनखबरबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*