प्रकृति,मानव र भाइरस

आकाश अधिकारी
११ बैशाख २०७७, बिहीबार ०७:१६

प्रसिद्ध लेखक युवल नुह हरारीले आफ्नो एक उत्कृष्ट पुस्तक सेपियन्समा भनेका छन् सेपियन्स अर्थात् हामी मानवको उत्पत्ति २ लाख वर्ष पहिले भएको हो । हाम्रो विधा होमो हो र प्रजाति सेपियन्स । २५ लाख वर्ष पहिले होमोका अन्य प्रजातिहरुको उत्पति भएको थियो । १ लाख वर्ष अघि मात्रै हाम्रो विधा होमोका सबै प्रजातिहरु फुड चेनमा पहिलो स्थानमा आए त्यो भन्दा अघि अरु जीव जन्तुले छाडेको खानु पर्‍थ्यो ।

७० हजार वर्ष अघिसम्म सेपियन्सहरु अरु जिव जन्तु भन्दा कमजोर थिए । आफ्नै विधाका अरु प्रजातिहरुसंगको तुलनामा पनि सेपियन्स सारै कमजोर थिए तर सेपियन्सको तिव्र विकास भएको चाहि ७० हजार वर्ष अघि मात्रै हो । ७० हजार वर्ष अघिबाट जब सेपियन्स, संज्ञानात्मक क्रान्तिबाट गुज्रिए यो प्रजाति पृथ्वीकै शक्तिशालि प्राणि भएर निस्किए ।

आजका ठुला ठुला विकासका आधार त्यहि ७० हजार वर्ष अघि देखि ३० हजार वर्ष अघिसम्म चलेको संज्ञानात्मक क्रान्ति नै थियो । सेपियन्सले यो क्रान्तिबाट दुईवटा कुराको विकास गरे । पहिलो थियो भाषाको प्रयोग बाट गफ गर्न, र दोश्रो भाषाकै प्रयोग गरी काल्पनिक यथार्थता बनाउन । मान्छेले अब भाषाको प्रयोग गरी गफ र काल्पनिक यर्थाथताको माध्यमबाट सामुहिक रुपमा धेरैसंग सहकार्य गर्न सफल भयो र विभिन्न सिप र प्रविधिको विकास गर्दै हरेक समस्यासंग लडदै लडदै अघि बड्न सफल रहयो । त्यहि सिप र प्रविधिहरुको कारण आज सेपियन्स ७० हजारको कम अवधिमै संसारकै सर्वोश्रेष्ठ प्राणि बन्न सफल भएको छ ।

तर यो भाइरसले संसारको सर्वोश्रेष्ठ प्राणीलाई दुईवटा महत्वपुर्ण अवसर पनि दिएको छ । एउटा अवसर हो फेरी आफूलाई सर्वश्रेष्ठ बनाउने र अर्को आफूलाई प्रकृतिमैत्रि बनाउने ।

तर त्यो सिप र प्रविधिको विकासको मुख्य जड त्यतिबेला हो जब मानिसले भाषाको प्रयोग गरी एक अर्कासंग सहकार्य गर्न थाल्यो । अरु प्राणीभन्दा फरक मान्छेल धेरै जना अपरिचित मान्छेहरुसंग सहकार्य गरेर काम गर्न सक्छ र यहि कारणले आज मानिस संसारकै सर्वोश्रेष्ठ प्राणि बन्न सफल भएकोछ । यहि प्रक्रियाबाट नै मानिस विभिन्न सामाजिक अवस्थाहरुबाट विकसित हुदै हुदै आजको परिवेशसम्म आइपुगेको हो । प्रकृतिलाई आफू अनुकुल प्रयोग गर्दै गर्दै आज मानिस प्रकृतिकै उत्कृष्ट प्राणि बनेको छ ।

आज विश्व कोभिड १९ भाइरसबाट तनावग्रस्त अवस्थामा छ । भनिन्छ जब मानिसले जनावरलाई घरमा राख्न थाल्यो र खेति पाति गर्न थाल्यो तब भाइरसको उत्पति भयो । विभिन्न अध्ययनहरुले भन्छ आज भन्दा करिब १२ हजार वर्ष अघि मान्छेमा भाइरसद्वारा रोग लागेको पाइएको थियो । त्यसपछि विभिन्न समय खण्डमा विभिन्न खाले भाइरसले महामारीको रुप लिएको र धेरै जनधनको क्षति गरेको इतिहास हाम्रासामु छन । त्यस्तै ऐतिहासिक कालखण्डमा हामी अहिले छौ । यो भाइरस कहाँबाट उत्पत्ति भयो ? कसरी उत्पत्ति भयो? जानेर भयो? वा केहि अनुसन्धानको क्रममा भयो ? यी प्रश्नहरुको उत्तर भविष्यमा पक्कै पनि पाइएला तर यो भाइरस मानिस र प्रकृतिवीचको अन्तरविरोधकै कारण उत्पत्ति भएको निश्चित छ । र अर्को के कुरा पनि निश्चित छ भने मान्छेले यसको औषधिपनि बनाउने छ । आजको यो भाइरस र मानववीचको लडाइमा पनि मान्छेले पक्कै पनि भाइरसलाई पराजित गर्ने नै छ ।

मान्छेको सिप, क्षमता, वैज्ञानिक आविष्कारहरुले निश्चित रुपमा भाइरसलाई लडाउने छ । आजसम्मको मानवको यात्रा प्रकृतिसंगको लडाई र त्यो लडाइमा सफलता हासिल गर्दै गर्दै यहाँसम्म आइपुगेको हो । प्रकृति र मानववीचको अन्तरविरोध र मानव मानववीचको अन्तरविरोध नै अहिले सम्मको वैज्ञानिक सफलताको कारण हो । आज यो भाइरसको विरुद्धको लडाइमा हामीले जित्ने आधार पनि वैज्ञानिक आविष्कारहरु नै हो ।

तर यो भाइरसले संसारको सर्वोश्रेष्ठ प्राणीलाई दुईवटा महत्वपुर्ण अवसर पनि दिएको छ । एउटा अवसर हो फेरी आफूलाई सर्वश्रेष्ठ बनाउने र अर्को आफूलाई प्रकृतिमैत्रि बनाउने । पहिलो अवसर त मानिसले हरेक विपत्त पछि पाउदै आएको र आफूलाई अब्बल बनाउदै पनि आएको हो भने दोश्रो अवसरलाई कसरी उपयोग गर्ने यो भने हेर्न बाकि रहन्छ । प्रकृतिको उपयोग मानवजातिको समृद्धिको लागी, विकासका लागी मात्रै नभई प्रकृतिकै संरक्षण र विकासका लागी पनि हुन पर्छ । आज हामी यस्तो युगमा रहेछौ जुन युगमा प्राकृतिक वातावरणको लागी पनि हामी प्रविधिको प्रयोग गर्छौ ।

हाम्रो लागी प्रकृतिको स्थान पनि प्रविधिले लिन पुगेको छ । आज संसारका ठुला र शक्तिसालि भनिएका देश प्रकृतिको भरपुर दोहन गर्ने र पुँजीको संचय गर्ने होडबाजीमा लागेका छन । अब ती देशले पनि आफूलाई प्रकृतिमैत्री बनाउन जरुरी छ । प्रकृतिको प्रयोग मानव हितमा लगाउनको लागी प्रकृतिमैत्रि हुन जरुरी छ । यसलाई नसुधार्ने हो भने कोभिड १९ भन्दा धेरै शक्तिसालि भाइरसले आगामि दिन झन बढी आक्रमण गर्ने र मानवजातिलाई तहसनहस बनाउने निश्चित छ ।

विश्वका शक्तिशाली देशहरुबाट सिक्दै हामीले पनि केहि कुरामा सुधार गर्न र केही कुरा अवलम्बन गर्न जरुरी छ र यो अवसर हामीलाई यो कोभिड १९ ले प्रदान गरेको छ । अहिले हामी राजनीतिक रुपमा व्यवस्थाको विरुद्धको संघर्षबाट विकास र समृद्धिको फेजमा आइपुगेका छौं । अब हामीले अवलम्बन गर्ने हरेक राजनीतिक अभ्यास र नीतिले हाम्रो समृद्धि र विकासलाई दिशानिर्देश गर्न जरुरी छ । हामीले समृद्धि र विकास भनिरहँदा कस्तो समृद्धि ? कस्तो विकास ? यो कुरामा पनि हाम्रो दृष्टिकोण निखारेर जान जरुरी छ । र त्यो दृष्टिकोण निर्माणमा आज हामीलाई विश्वका अरु देशहरुको यस भाइरसका विरुद्ध लड्दाको अवस्थाले मद्दत गरेको छ । आज विकास र समृद्धिको नाममा भएका प्रकृतिक दोहनले निम्त्याएको तनावग्रस्त अवस्थाबाट हामीले हाम्रोमा विकास गरिरहँदा त्यसबाट पाठ सिकेर अवलम्बन गर्ने मौका पाएका छौ । आज हामीले स्वास्थ्य क्षेत्रको व्यापक विकासको आवश्यकताको महसुस गर्न पाएका छौ ।

युद्धका व्यारेक र आणुविक हात हतियारको भन्दा सयौँ गुणा महत्व हस्पिटलको, औपधि उपकरणको, रोग व्याधको उपचार गर्न सक्ने स्वास्थ्यकर्मिहरुको हुने रहेछ भन्ने पाठ सिक्न पाएका छौ । रसायन उत्पादन गर्ने कारखानाहरु भन्दा कयौँ बढी महत्व कृषि र कृषिमा आधारित उत्पादन गर्ने कारखानाको रहेछ भन्ने बुझ्न पाएका छौ । अहिले देखिएका विभिन्न रोगका कारणहरु के के हुन ? सकेसम्म रोग लाग्नै नदिन के के गर्न पर्छ भन्ने कुराहरु सिक्न पाएका छौँ । नागरिकहरुमा अनुशासनको महत्व बुझ्न पाएका छौ । सबैभन्दा महत्वपुर्ण कुरा सम्राज्यवाद र दलाल नोकरशाही पुँजीवादको विकृत रुप र समाजवादको आवश्यकताको महत्व बुझ्न पाएका छौ । पुजीवादले नाफामात्र भन्ने रहेछ, समाजवादले जनताको जीविकाको कुरा ध्यानमा राख्ने रहेछ भन्ने कुरा बुझ्न पाएका छौ । त्यसकारण राज्यले यो बुझाइबाट तिनवटा काम तत्काल नै गर्न आवश्यक देखियो । पहिलो कृषिमा आत्मनिर्भरताको लागी नीति बनाउने र अर्गानिक कृषि उत्पादनमा जोड दिने । हर स्थानिय तह केहि न केहि कृषि उत्पादनमा आत्मनिर्भर हुने गरी कार्यक्रम बनाउने । दोश्रो स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने आवश्यकता । स्वास्थ्य सेवा गुणस्तरिय र सर्वसुलभ बनाउन जरुरी छ । विरामी भनेका विरामी हुन बस्तु होइनन् , यो चिन्तनको विकास गराउने नीति तत्कालै ल्याउन जरुरी छ र तेश्रो ः सिपयुक्त, दक्ष, नैतिकवान, अनुशासित, मानसिक र भौतिक रुपमा स्वास्थ्यकर,राष्ट्रवादि र समाजवादि चरित्र भएका नागरिक उत्पादन गर्ने सर्वसुलभ, गुणस्तरिय र जनवादि शिक्षाको व्यवस्था गर्न जरुरी छ । यसो गर्दा मात्रै हामी आगामि दिनमा जस्तो सुकै विपत्तसंग पनि सजिलै लडन सक्छौ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*