सिन्धुलीमा आयात खुकुलो

नवयुग संवाददाता
१७ बैशाख २०७७, बुधबार ०९:३०

सिन्धुली । सिन्धुलीमा यही वैशाख ३ गतेदेखि आयातमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले केही खुकुलो बनाएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा आवश्यक उपभोग्य वस्तु आयातमा खुकुलो बनाएको हो ।

वैशाख २५ गतेसम्म तराईका जिल्लालगायत अन्य जिल्लाबाट यस जिल्लाको प्रयोजनका लागि भइरहेको फलफूल, माछामासु, अण्डा र कुखुराको चल्ला ढुवानीलाई फुकुवा गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

जिल्लामा प्रवेश गर्ने अत्यावश्यकीय खाद्यान्न ढुवानी गर्ने सवारी साधनलाई उद्योग वाणिज्य सङ्घ सिन्धुलीले स्यानिटाइज गर्ने व्यवस्था मिलाउने भएको छ । पसलमा खाद्यान्न खरिद गर्न आवतजावत गर्ने ग्राहकलाई सुरक्षित दूरी कायम गर्ने उद्योग वाणिज्य सङ्घ सिन्धुलीले पहल गर्ने सूचनामा उल्लेख गरिएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*