दादुरा–रुवेलाको खोप लगाइँदै

नवयुग संवाददाता
१७ बैशाख २०७७, बुधबार ०९:५९

धादिङ । बन्दाबन्दीका बेला गाउँमा दादुरा–रुवेलाको महामारी फैलिएका कारण आजदेखि यसविरुद्ध खोप लगाउने भएको छ ।बन्दाबन्दीकै अवधिमा बेनिघाटरोराङ गाउँपालिका–६ मा दादुरा–रुवेलाले १५० बिरामी परे भने दुई जनाको मृत्यु भयो । गजुरी गाउँपालिका–२ डुडेठाँटी र चम्पाराङमा दादुरा–रुबेला फैलिँदा १२ बिरामी भएका छन् ।

नेपाल सरकारले दादुरा–रुवेला फैलिएका गाउँपालिकाभर दादुरा–रुबेला खोप लगाउने भएको हो । यससँगै जुकाको औषधि र भिटामिनसमेत खुवाइने कार्यक्रम रहेको गजुरी गाउँपाकिला स्वास्थ्य संयोजक डा। रामहरि रेग्मीले बताउनुभयो ।

छ महिनादेखि १५ वर्षसम्म उमेर समूहका गजुरी गाउँपालिकाको ७६ खोप केन्द्र बनाएर आठ हजार ९७९ लाई र बेनीघाट रोराङ गाउँपालिकाको ९७ खोप केन्द्र बनाएर १२ हजारलाई खोप लगाइने कार्यक्रम रहेको छ । खोप कार्यक्रम २४ गतेसम्म सञ्चालन गरिने छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*