कविताः तिमी गैदेऊ कोरोना

देवराज गौतम
२२ बैशाख २०७७, सोमबार १७:०३

 

Advertisement

Advertisement

विश्वभर आँधिहुरी बनि हुर्किरहेको
लाखौँको बेचैन तिमी गैदेऊ कोरोना ।।

Advertisement

कुनै वर्ग र शक्तिबीच फरक छुट्टाउन नजानेर
सबैको निदहराम पार्ने आतंक तिमी गैदेऊ कोरोना ।।

Advertisement

रोग हुनेलाई रोगले लडाएर
गरिखानेलाई भोक अनि छटपटिले लडाउने निर्दयी तिमी गैदेऊ कोरोना ।।

न त कसैले सोचेको न भोगेको
यो दुनियाँकै आठौँ आश्चर्य तिमी गैदेऊ कोरोना ।।

आर्थिक मन्दी अनि भोकमरीले थिल्थिलायर
विश्वबेगलाई रोक्न सक्ने शक्तिशाली ब्रेकर तिमी गैदेऊ कोरोना ।।

विज्ञान अनि स्वास्थ्य जगतलाई नै चुनौती दिएर
विश्वबजारमा विराजमान महासय तिमी गैदेऊ कोरोना ।।

सबैलाई घरघरमा थुनेर
एक्लै दुनियाँ हल्लाउँदै हिड्न मायुर तिमी गैदेऊ कोरोना ।।

रिसाउँछौ होला धेरैको गाली अनि आवेग देखेर
त्यसैले मन भित्रै त्यो पिडा अनि आवेगलाई थुनेर स–सम्मान बिदाइ गर्न चाहन्छौँ कृपया गैदेऊ कोरोना ।।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*