एक खेलमा ५ खेलाडी परिवर्तन गर्ने विषयमा फिफा सकारात्मक

नवयुग संवाददाता
२४ बैशाख २०७७, बुधबार ०८:१८

एजेन्सी । विश्व फुटबलको नियामक निकाय फिफाले एक खेलमा ५ जना खेलाडी सब्स्टीच्युसन (परिवर्तन) का लागि गरिएको प्रस्तावमा सहमति जनाएको छ ।

स्पेनिस खेल पत्रिका मार्काले फिफा स्रोत उल्लेख गर्दै नोबेल कोरोना भाइरस (कोभिड १९) पछि फुटबल सुरू हुँदा यो नियम कार्यन्वयनमा आउने लेखेको छ ।

कोरोना भाइरसका कारण यतिबेला विश्व खेलकुद ठप्प छ । फिफाले आफ्नो २ सय ११ सदस्य राष्ट्र (एसोसियसन) लाई स्वास्थ्यमा ध्यान दिएर फुटबल रोक्न आग्रह गरेको पनि दुई महिना पुग्न लागिसकेको छ ।

कोरोनाले गर्दा फुटबल गतिविधि बन्द रहेको समयमा इङ्ग्लिस फुटबल एसोसियसनले नियम परिवर्तनका लागि गरेको प्रस्तावमा फिफा सहमत भएको हो । कोरोना भाइरसको महामारी पछि विश्व फुटबल पनि नयाँ चरणमा प्रवेश गर्ने आँकलन भइरहेका छन् । छोटो समयमा धेरै खेल खेल्नु पर्ने भएपछि खेलाडी घाइते हुने डर बढीरहेकाले ५ जना खेलाडीको प्रस्ताव ल्याइएको थियो ।

९० मिनेटको खेललाई ४५ मिनेटमा छोट्टाउन पनि छलफल भइरहेको थियो । तर, उक्त प्रस्तावमा भने सोच्न नसकिने भन्दै अस्वीकार गरिएको मार्काले लेखेको छ ।

९० मिनेटको खेल ४५ मिनेटमा झार्दा खेलको स्वाद नै नरहने भन्दै उक्त विषयलाई फिफाले अस्वीकार गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*