रोनाल्डो दुई हप्ता क्वारेन्टाइनमा

नवयुग संवाददाता
२४ बैशाख २०७७, बुधबार ०८:३२

एजेन्सी। पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो दुई हप्ताको लागि क्वारेन्टाइनमा बसेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै पोर्चुगलबाट हालै इटाली फर्किएका उनी दुई हप्ताको लागि क्वारेन्टाइनमा बसेका हुन् ।

युभेन्टसमा आवद्ध उनी क्लबले प्रशिक्षणका लागि बोलाएसँगै इटाली पुगेका हुन् । कोरोना भाइरसको संक्रमणले इटाली प्रभावित बनेपछि रोनाल्डो करिब दुई हप्ता आफ्नो मूलथलो मदीरामा बिताएका थिए ।

देश लकडाउनमा परेपछि उनी पोर्चुगल फर्किएका थिए । रोनाल्डोसँगै अन्य विदेशी खेलाडीहरु अब दुई साता क्वारेन्टाइनमा बस्नेछन् ।

उनीहरुमा कोरोना नेगेटिभ देखिएपछि मात्रै उनले टिमसँगै प्रशिक्षण गर्ने अवसर पाउनेछ । सम्भवतः उनीहरु १८ मे बाट टोलीको प्रशिक्षणमा सामेल हुनेछ ।

युभेन्टसले गत सोमबारदेखि नै प्रशिक्षण थालिसकेको छ । इटली सरकारले सिरी ‘ए’ क्लबहरुलाई प्रशिक्षणको अनुमति दिएसँगै युभेन्टसले आफ्ना विदेशी खेलाडीहरुलाई प्रशिक्षणमा फर्कन निर्देशन दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*