चट्याङले मरे चौपाया

नवयुग संवाददाता
२४ बैशाख २०७७, बुधबार १६:५८

सिन्धुपाल्चोक । वर्षा र हावाहुरीसँगै गएराति परेको चट्याङबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एक हल गोरुसहित पाँचवटा चौपाया मरेका छन् ।

चट्याङबाट वडा नं ४ पाङ्ताङ निवासी छेवाङ तामाङको एउटा गोरु, दुईवटा गाई र निमादोर्जे तामाङको गाई र गोरुसहित पाँचवटा पशु चौपाया घटनास्थलमा मरेको वडा सदस्य लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

वडा सदस्य श्रेष्ठका अनुसार सँगै रहेका तीनवटा गोठमध्ये दुईवटामा चट्याङ परेको थियो । रासस 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*