तेह्रथुममा २० वर्षीय युवाद्वारा बञ्चरो प्रहार गरि बुवा आमाको हत्या

नवयुग संवाददाता
२०७७, २६ बैशाख शुक्रबार ०८:१२

Advertisement

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँ पालिका ५ साबिक इसिबु एक सिङ्गला टोलका एक युवाले बन्चरो प्रहार गरि दुई जनाको हत्या गरेका छ्न्। विहीबार साझ साढे ५ बजे तिर स्थानी २० बर्षीय कन्चन लिम्बूले आफ्नै बाबू र शौतेनी आमाको बन्चारो प्रहार गरि हत्या गरेका हुन्।

Advertisement

अन्दाजी ४२ बर्षीय रुप बहादुर लिम्बु र शौतेनी आमा अन्दाजी ३५ बर्षकी रुपेनी लिम्बूको बन्चरो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक तेज बहादुर दाहालले बताए । बुवा आमाको हत्यापछि फरार भएका लिम्बूलाइ प्रहरी चौकी सम्दु र प्रहरी चौकी पोक्लाबाङ्गको संयुक्त टोलि र स्थानीय बासीले इसिबुको देउराली भन्ने स्थानबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

Advertisement

घटना स्थलको अनुसन्धानका लागि जिल्लाबाट थप प्रहरी टोली घट्ना स्थल तर्फ गई रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक दाहालले जानकारी दिएका छन्।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*