डिभिजन वन अधिकृत १ लाख घूससहित पक्राउ

नवयुग संवाददाता
२७ बैशाख २०७७, शनिबार १७:५३

नुवाकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका डिभिजन वन अधिकृत जयमंगल प्रसादलाई रु.१ लाख घूससहित नियन्त्रणमा लिएको छ।

जयमंगलले सेवाग्राहीसँग रु.६ लाख घूस मागेको उजुरी परेपछि आयोगले अनुसन्धान शुरु भएको थियो। यस क्रममा रु.१ लाख घूस लिएका उनी पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको आयोग स्रोतले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*