दिवेश पोखरेल ‘अमेरिकन आइडलको उत्कृष्ट ७ मा

नवयुग संवाददाता
२९ बैशाख २०७७, सोमबार १२:१२

नेपाली गायक दिवेश पोखरेल ‘अमेरिकन आइडल २०२०’को टप ७ मा पुगेका छन् । गायक पोखरेल अमेरिकन आइडलको १८ औं सिजनको शीर्ष ७ मा पर्न सफल भएका हुन् । उनी अमेरिकाको स्टेजमा अर्थर गनको नामले चिनिदै आएका छन् ।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा आइतबार सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो। दिवेशले उत्कृष्ट सातमा पर्ने क्रममा एनिमेटेड चलचित्र द लिटल मर्मेडको एलान मेनकनको शब्द र होवार्ड एस म्यानको सङ्गीत तथा एस्ले टिसडालेको गायन रहेको किस द गर्ल बोलको गीत गाएका थिए।

कोरोना भाइरसको कारण अमेरिकामा पनि लकडाउन जारी रहेका कारण उनले आफु रहेकै घरबाट प्रस्तुती दिएका थिए । टप ५ बाट फाइनल गराइने अमेरिकन आइडलको नियमअनुसार दिवेश अब फाइनलमा पुग्न एक खुड्फकीलो मात्र बाँकी छ ।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि आइडलप्रति चासो बढेको छ। अमेरिकाको एबिसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*