विज्ञ भन्छन् : कोरोना संक्रमितको संख्या बढ्न थाल्यो तर चिन्तित हुनुपर्ने अवस्था छैन

नवयुग संवाददाता
३१ बैशाख २०७७, बुधबार ०६:५४

मंगलवार ५७ + २६ + २१७ जनाको कोरोना संक्रमण पोजिटिभ देखिएसंगै नेपालमा २१७ जनामा संक्रमण देखिएको छ । ३३ जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा १८४ जना संक्रमित रहेका छन् । झट्ट हेर्दा एक दिनमा८३ जना थपिए पनि चिन्तित हुनुपर्ने अवस्था छैन ।

–बिगत ६ दिन यता देखिएका अधिकांश संक्रमित भारतमा संक्रमित भएर लुकिछिपी नेपाल पसेका व्यक्ति हुन् । उनीहरु नेपाल आएपछि क्वारेन्टाइनमार्फत परिक्षणमा गएका हुन् । यदि उनीहरु नेपालमै बसेका संक्रमित भएको भए समुदायमा फैलिएको डर हुन्थ्यो । उतै संक्रमित भएर आएको हुनाले यता धेरै जनालाई सार्न पाएका छैनन् । यद्यपी यो संख्या अझ बढ्नेछ ।

– नेपाल र भारतबीच प्रधानमन्त्री स्तरमा उताका नेपालीलाई भारतले क्वारेन्टाइन / परिक्षण / उपचार गर्ने अनि यताका इन्डियनलाई नेपालले क्वारेन्टाइन / परिक्षण / उपचार गर्ने सहमति भएको कुरा मेडियामा आएको थियो । नेपालले भारतीयलाई यहीं परिक्षण तथा उपचार गरेको छ, उता जान दिएको छैन । तर भारतबाट संक्रमित नेपालीलाई नेपाल आउन दिएकोप्रति यथेष्ट ध्यानाकर्षण हुनु जरुरी छ ।

–नेपालले आफ्ना सिमाबासीलाई राहत दिएर सुरक्षाकर्मीसंग संयुक्त गस्ती गर्ने / ठाउँ ठाउँमा ऋऋत्ख् राख्ने तथा सुरक्षाको अर्को तह थप्नु जरुरी देखियो ।

–अझै पनि नेपाल आन्तरिक रुपमा सुदृढ छ । लकडाउनको ब्यबस्थापन गर्ने हो भने अझै पनि डर मान्नुपर्ने अवस्था छैन । तर बिगत १० दिन यता जसरी संक्रमित क्षेत्रबाट मान्छेको आवात भएको छ, यसलाई उतैबाट नरोक्ने हो भने सहरी क्षेत्रमा संक्रमण फैलिने खतरा हुन्छ । सहरी क्षेत्रमा संक्रमण फैलियो भने नियन्त्रण गर्न निकै कठिन हुन्छ । तसर्थ सरकारले संक्रमित क्षेत्रबाट हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्नुपर्दछ ।

–लकडाउनलाई परिणाममुखी बनाउन बिभिन्न चरण अपनाउनु पर्ने हुन्छ । मान्छेको भीडभाड कम गर्ने उपायहरु अपनाउनु पर्दछ । मजदुरलाई आबासीय रुपमा काममा लगाउनुपर्छ । परिक्षणको दायरा ब्यापक रुपमा बढाउनु पर्छ । बिज्ञहरुको टास्क फोर्स बनाउनु पर्छ ।

–कोरोना संक्रमण नियन्त्रणको माइको म्यानेजमेन्ट हुन सकेको छैन । विपदको बेलामा सम्पूर्ण जनता, सरकार, पार्टी तथा मेडिया एकजुट भएर काम गर्नुको बिकल्प छैन । सबैका दृष्टिकोणलाई मानव जीवनको रक्षार्थ सदुपयोग गर्नु पर्दछ ।

–हामी नागरिक बिना काम घर बाहिर निस्कने नगरौं । घरबाहिर जाँदा अनिबार्य रुपमा मास्क, चस्मा, पंजा तथा आउटर लगाउने गरौँ । साबुनपानीले पटकपटक हात धुने गरौँ । न्युनतम २ मिटरको व्यक्तिगत दुरी कायम गरौँ ।

–नेपालमा अहिलेसम्म १ जना संक्रमित पनि गम्भीर भएको अवस्था छैन । एक जनालाई पनि आइसीयुमा राख्नुपरेको छैन । एक जनालाई पनि भेन्टिलेटरमा राख्नु परेको छैन । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । तसर्थ डर नमानौं, सतर्क बनौं । बलियो आत्मबलले कोरोना भाइरसलाई परास्त गर्न सक्षम हुनेछ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*