सरकारले चितवनसम्म पेट्रोलियम पाइपलाइन बनाउने

नवयुग संवाददाता
२ जेष्ठ २०७७, शुक्रबार १८:४८

काठमाडौं । सरकारले पेट्रोलियम पाइपलाइन चितवनसम्म पुर्याउने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भारतदेखि नेपालको अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपाइनलाई चितवनसम्म ल्याउने बताएकी हुन् ।

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म आएको पेट्रोलियम पाइपाइनलाई चितवनको लोथरसम्म ल्याउने नीति रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*