थप दुईमा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

नवयुग संवाददाता
२०७७, ३ जेष्ठ शनिबार १६:३८

Advertisement

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।

Advertisement

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले थप दुईजनामा संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या २७८ पुगेको बताए।

Advertisement

तीमध्ये २२४ पुरुष र ५४ जना महिला रहेको र हालसम्म ३६ जना उपचारपछि निको भएर घर फर्किसकेको जानकारी दिए। प्रवक्ता देवकोटाले अहिलेसम्म २६ जिल्लामा संक्रमित भेटिएको बताए।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*